‘ हेटौडा दोस्रो जर्नालिजम अवार्ड २०७६’ सम्पन्न

5 Shares

देश । अघिल्लो वर्ष युएइको वरदुवइमा सम्पन्न भएको हेटौडा जर्नालिजम अवार्डको दोस्रो संस्करण हेटौडामा सम्पन्न भएको छ । विभिन्न ११ मा पुष्कार वितरण गर्दै अवार्ड सम्पन्न भएको हो । न्यू मिडिया एकेडेमी प्रालिको आयोजनामा शनिवार हेटौडा स्थित हुप्राचौरको एक पार्टी प्यालेसमा सम्पन्न भएको अवार्डमा मकवानपुरका ११ जना क्रियाशिल पत्रकारहरुलाई अवार्ड प्रदान गरिएको थियो ।

‘हामीले आफ्नै सहकर्मीको हौसला बढाउने काम गरेका छौ , यसले उहालाई दायित्वसँगै काम प्रति थप जिम्मेवार बनाउने आश छ’ अध्यक्ष मनिराज गौतमले भने ‘यो अवार्डलाई निरन्तरता दिनेछु ।’अवार्ड कार्यक्रमका बीच मकवानपुर जिल्लामा हाल सम्म नेपाल पत्रकार महासंघ मकवानपुर शाखाको नेतृत्व गर्ने शाखाका पूर्व अध्यक्षलाई सम्मान समेत गरिएको थियो ।

सम्मानित हुनेमा पूर्व अध्यक्ष नवराज शर्मा, कौशल पाण्डे, प्रताप विष्ठ, राममणि दाहाल, भानुभक्त आचार्य र महेन्द्र श्रेष्ठ रहेका थिए । उनीहरुलाई आन्तरिक मामिला तथा कानुन मन्त्री शालिकराम जम्करट्टेलले दोसल्ला ओढाएर सम्मानपत्रले सम्मान गरिएको थियो । कार्यक्रममा महेन्द्र श्रेष्ठ विशेष कारणले उपस्थित भएका थिएनन् ।

अवार्ड विजेतामा उत्कृष्ट खेलकुद पत्रकारिता वर्ष अवार्ड एभिन्युज टेलिभिजनका राजन दाहाल , उत्कृष्ट चलचित्र पत्रकारिता वर्ष अवार्डमा नागरिक दैनिकका अशोक सुजन श्रेष्ठ, उत्कृष्ट आर्थिक पत्रकारिता वर्ष अवार्डमा साझाकुरा दैनिक र कारोबार दैनिकका केशव समपर्ण, उत्कृष्ट खोज पत्रकारिता वर्ष अवार्डमा अन्नपूर्ण पोष्ठ दैनिकका कृष्ण सारु मगर, उत्कृष्ट सम्पादक वर्ष अवार्डमा साझाकुरा दैनिकका सुवास विडारी , नव उदयमान पत्रकार वर्ष अवार्डमा रेडियो थाहा सञ्चारकी सृजना नेपाल, उत्कृष्ट अनलाईन पत्रकारिता वर्ष अवार्डमा प्रष्टखबर डटकमका सुनिल सिवाकोटी, उत्कृष्ट प्रस्तोता वर्ष अवार्डमा रेडियो थाहा सञ्चारका दर्शन क्षेत्री, उत्कृष्ट सामाजिक पत्रकारिता वर्ष अवार्डमा रेडियो मकवानपुर र प्रदेश दैनिकका गणेश अधिकारीलाई प्रदान गरिएको थियो ।

अवार्डको जुरी समितिमा नेपाल पत्रकार महासंघ मकवानपुर शाखाका अध्यक्ष हरि हमागाई, उपाध्यक्ष कुमार अधिकारी र पत्रकार रोशन पराजुली रहेका थिए । साथै कार्यक्रममा पत्रकार वर्ष पनि घोषणा गरिएको थियो । उत्कृष्ट पूरुष पत्रकार वर्ष अवार्डमा कान्तिपुर टेलिभिजनका बालकृष्ण अधिकारी र उत्कृष्ट महिला पत्रकार वर्ष अवार्डमा टिम टेलिभिजनकी नानीमाया सापकोटालाई प्रदान गरिएको थियो । ९ विधाकालाई नगद पाँच हजार र उत्कृष्ट पूरुष पत्रकार वर्ष अवार्ड र उत्कृष्ट महिला पत्रकार वर्ष अवार्ड प्राप्त गर्नेलाई दश हजार नगद सहित अवार्ड प्रदान गरिएको थियो ।

कार्यक्रममा प्रमुख अतिथि एवम् प्रदेश ३ का आन्तरिक मामिला तथा कानूनमन्त्री शालिकराम जम्कट्टेलले कार्यक्रमलाई सम्बोधन गर्दै सबै सम्मानित हुने र अवार्ड प्राप्त गर्ने सबै पत्रकारहरुलाई बधाई तथा शुभकामना दिएका थिए । ‘यसले आफ्नो पेशाप्रतिको इमान्दारितालाई अझै बढाउछ र जिम्मेवार बनाउने छ भन्ने मलाइ लागेको छ’ मन्त्रि जमरकट्टेलले भने ‘यस किसिमको कार्यक्रम गर्ने आयोजकलाई धन्यवाद दिन्छु र निरन्तरताको कामना गर्छु ।’ कार्यक्रममा हेटौंडाका कलाकारहरु सुनिता शर्मा लुइँटेल, कविराज हुमागाई, स्वस्तिका ढकाल, देवेन्द्र कार्कीसँगै पछिल्लो समय ‘गलबन्दी’ गीतका कारण निकै चर्चामा रहेका गायक प्रकास सपुतले सांगीतिक प्रस्तुति प्रस्तुत गरेका थिए ।

अवार्ड कार्यक्रममा प्रदेश ३ का सदस्य मुनु सिग्देल, जिल्ला समन्वय समितिका प्रमुख रघुनाथ खुलाल, हेटौंडा उपमहानगरपालिकाका उपमेयर मिना लामा, भीमफेदी गाउँपालिकाका उपाध्यक्ष पार्वती राना, नेपाल उद्योग वाणिज्य महासंघका सदस्य अरुणराज सुमार्गी, उद्योग संघका अध्यक्ष नवराज अर्याल, मकवानपुर उद्योग वाणिज्य संघका अध्यक्ष कृष्ण कटुवाल, चुरेहिल हस्पिटलका प्रमुख डा. सुन्दर श्रेष्ठ, नेपाली कांग्रस मकवानपुरका निवर्तमान सभापति रघुरमण न्यौपाने, जनप्रतिनिधि, चलचित्र पत्रकारहरु, चलचित्र कोपिलाका टिम, युवा व्यवसायीहरु, पत्रकारहरु, विशिष्ठ व्यक्तित्वहरुको उपस्थितीमा उहाँहरुकै हात बाट अवार्ड प्रदान गरिएको आयोजक संस्थाका अध्यक्ष मणिराज गौतमले बताए ।

तस्विर: अनिष आयू बाबा

Facebook Comments