देश । नेपाल सरकारले विदेशी मदिरा आयातमा लगाएको बन्देज फुकुवा गरेको छ । सरकारका प्रवक्ता तथा परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीका अनुसार उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयको प्रस्तावमा मन्त्रिपरिषद्ले आयात खुल्ला गर्ने निर्णय गरेको हो ।
कोरोनाका कारण विदेशी मुद्राको सञ्चतीमा असर पर्न सक्ने भन्दै २०७६ चैत १६ गते सरकारले विदेशी मदिरा आयातमा रोक लगाउने निर्णय गरेको थियो । भन्सार विभागका अनुसार नेपालमा वार्षिक २ अर्ब भन्दा बढीको विदेशी मदिरा औपचारिक माध्यमबाट भित्रिन्छ ।
कमेन्ट गर्नुहोस्









