वाग्ले र बस्नेत सम्मानित

देश । राष्ट्रिय समाचार समिति (रासस)का पूर्वअध्यक्ष कुलचन्द्र वाग्ले र कार्यकारी सम्पादक सूर्यचन्द्र बस्नेत गृह जिल्लामा पुरस्कृत भएका छन् । नेपाल प्रेस युनियन तनहुँ शाखाले अधिवेशनको अवसर पारेर उहाँहरुलाई आज सम्मान गरेको हो । शाखाको आज आयोजित अधिवेशनका अवसरमा पूर्वअध्यक्ष वाग्लेलाई ‘बलराम बानियाँ स्मृति पत्रकारिता पुरस्कार’बाट पुरस्कृत गरिएको छ । उक्त पुरस्कारको राशि रु १० हजार रहेको छ ।

त्यस्तै राससका कार्यकारी सम्पादक एवं प्रदेश तथा जिल्ला ब्युरो प्रमुख बस्नेतलाई ‘नरहरि खनाल स्मृति पत्रकारिता पुरस्कार’ प्रदान गरिएको छ । उक्त पुरस्कारको राशि पनि रु १० हजार रहेको छ ।

यस्तै गेगनाथ नहर्की स्मृति पत्रकारिता पुरस्कार नेपाल प्रेस युनियन तनहुँका पूर्वअध्यक्ष डम्बरबहादुर अधिकारीलाई प्रदान गरिएको छ । पुरस्कारको राशि रु १० हजार रहेको छ । गण्डकी प्रदेशका आर्थिक मामिलामन्त्री जीतप्रकाश आलेमगरले उहाँहरुलाई उक्त पुरस्कार प्रदान गर्नुभयो । अधिवेशनले युनियनको नयाँ नेतृत्व चयन गर्ने अध्यक्ष अमरराज नहर्कीले जानकारी दिनुभयो ।

कमेन्ट गर्नुहोस्