यसकारण बैशाख मसान्तसम्म थपियो कार्यकाल

देश । नेपाली काँग्रेसको शुभेच्छुक संस्था नेपाल सांस्कृतिक संघको कार्यकाल आगामी बैशाखसम्मका लागि थप गरिएको छ । यही साउन २६ गते कार्यकाल सकिन लागेपछि संघको १३ साउनमा बसेको बैठकले कोरोना महामारीले संघको संरचनात्मक अधिवेशन नसकिएकाले कार्यकाल थप गरिएको जनाएको छ । संघको परिमार्जित विधान २०६२ को परिच्छेद ७ (२४) बमोजिम जिल्ला कार्यसमिति र विद्यागत संघहरुको पदावधि २०७८ बैशाख मसान्तसम्म थप गरेको हो । बैठकले

साथै , नेपाली काँग्रेसको १४ औँ महाधिवेशन आगामी फागुन पहिलो साता गरिने भएकाले त्यसलाई सफल पार्ने महत्वपूर्ण भूमिका हुने भएकाले उक्त निर्णय गरिएको संघका महामन्त्री शिवशंकर रिजालले जानकारी दिए । संघलाई काँग्रेसको भ्रातृ संस्था बनाउने प्रक्रिया नेपाली काँग्रेसका कार्यसमितिमा विचाराधिन रहेका अवस्थालाई मध्यनजर गरेर कार्यकाल थपको निर्णय लिइएको महामन्त्री रिजालको भनाइ छ ।

कमेन्ट गर्नुहोस्