देश । नेपाली कांग्रेसका नेता तथा पुर्व स्वास्थ्यमन्त्री गगन थापाले माध्यमिक शिक्षा परीक्षा (एसईई) खारेज गर्न प्रस्ताव गरेका छन् । एसईईको सट्टा विद्यार्थीहरुको आन्तरिक मूल्यांकन गर्न सकिनेमा उनले जोड दिए । ‘एसईई परीक्षा खारेज गर्ने मौका यहि हो, विद्यार्थीलाई आन्तरिक मूल्यांकन गरेर जान दिनुपर्छ’ उनले भने । प्रतिनिधिसभाको शिक्षा तथा स्वास्थ्य समितिको बैठकमा उनले यस्तो प्रस्ताव गरेका हुन् । अहिले लकडाउनका कारण एसईई परीक्षा रोकिइरहेका बेला एसईई खारेज गर्नु उपयुक्त हुने बताएका हुन् ।
कमेन्ट गर्नुहोस्










