विदेश । गएराति भएको इण्डियन प्रिमियर लिग अन्तरगतको क्रिकेट खेलमा कोलकाता नाइट राइडर्सले चेन्नाई सुपर किंग्सलाई १० रनले हराएको छ । कोलकाताले चेन्नाईलाई जितका लागि १ सय ६८ रनको चुनौति दिएको थियो । चेन्नाईको टोलीले निर्धारित २० ओभरमा ५ विकेटको क्षतिमा १ सय ५७ रन मात्रै बनाउन सक्यो ।
कोलकाताको जितमा ओपनर राहुल त्रिपाठीले सर्वाधिक ८१ रन बनाए । उनी म्यान अफ द म्याच भए । चेन्नाईलाई जितका लागि अन्तिम ओभरमा २६ रन चाहिएको थियो । तर आन्द्रे रसेलले १५ रनभन्दा बढी दिएनन् । चेन्नाईको सुरुवात राम्रो थियो । उसले १० ओभरमा एक विकेट मात्रै गुमाएर ९० रन बनाएको थियो । तर त्यसपछिको बाँकी १० ओभरमा चेन्नाईले मात्रै ६७ रन बनाउन सक्यो । (एजेन्सी)
कमेन्ट गर्नुहोस्










