फिल्म । बलिउड एक्टर रणवीर कपूरको समय पछिल्लो समय ठीकठाक नै छ । उनको पछिल्लो रिलिज सन्जुले बलिउड बक्स अफिसमा निकै राम्रो कमाइ गर्न सफल भएको थियो । तर केहि समय पहिला उनको अवस्था ठिकठाक थिएन । राज कुमार हिरानी अगाडी उनले अभिनय गरेका फिल्मले दर्शकको मन जित्न सकेनन । यिनै रणवीरले बलिउडका किंग खान शाहरुखसँग अभिनय गर्ने ईच्छा जाहेर गरेका छन् ।
हालै आयोजित एक कार्यक्रममा शाहरुखसँग स्टेज शेयर गरेका रणवीरले यस्तो ईच्छा राखेका हुन् । उनले शाहरुखको फिल्ममा आफु सेकेन्ड लिड भएर फिल्म खेल्ने बताए । एक प्रसंगमा शाहरुखले कप्सको रुपमा देखिने बताए , जहाँ रणवीरले आफु कन्स्टेबलको भूमिका पाए नि निवार्ह गर्ने बताए । यसबाट पनि के जाहेर हुन्छ भने शाहरुखसँग देखिन रणवीरको कति ठुलो सपना छ । यी दुईले करण जोहरको फिल्म ‘ए दिल है मुस्किल’ मा एक सिन शेयर गरेका थिए ।
कमेन्ट गर्नुहोस्










