देश । कोरोना भाइरसको संक्रमणका कारण पछिल्लो समय मृत्यु हुनेको संख्या बढ्दो छ । पछिल्लो विवरण अनुसार ललितपुर र बाँकेमा थप १/१ जनाको मृत्यु भएको छ । ललितपुरको पाटन अस्पतालमा उपचाररत काठमाडौंका कोरोना संक्रमित ५४ वर्षीय पुरुषको गए राति १० बजे आसपासमा मृत्यु भएको हो । उनी गत साउन २३ गतेदेखि पाटन अस्पतालमा उपचाररत थिए ।
यस्तै , बाँकेको कोहलपुर मेडिकल कलेजमा उपचाररत नेपालगञ्ज उपमहानगरपालिका–१ का ३७ वर्षीय पुरुषको मृत्यु भएको हो । दुवै फोक्सोमा निमोनियाको समस्या भएका उनलाई भदौ ८ गते नेपालगञ्ज मेडिकल कलेजमा भर्ना गरिएकोमा थियो । लगतै गरिएको स्वाब परिक्षणबाट उनको रिपोर्ट पोजेटिभ आएको थियो । नेपालगन्ज मेडिकल कलेजमा उपचाररत उनको स्वास्थ्य अवस्था जटिल बनेपछि कोहलपुर मेडिकल कलेजमा सारेर भेन्टिलेटरको सहायतामा उपचार भइरहेके अवस्थामा मंगलबार राति साढे एक बजे मृत्यु भएको हो ।









