विदेश । कोरोना भाइरस (कोभिड १९) बाट संक्रमित भएका बेलायतका प्रधानमन्त्री बोरिस जोनसोन अस्पताल भर्ना भएपछी आईसीयुमा सारिएको छ । ११ दिनअघि कोरोना भाइरस परीक्षण गर्दा पोजेटिभ देखिएका उनी स्वास्थ्यमा समस्या देखिएपछि लण्डन अस्पतालमा भर्ना भएका थिए । आइतबार साँझ उनको स्वास्थ्यमा समस्या आएपछी डाक्टरको सल्लाहअनुसार उनी अस्पताल भर्ना भएका बीबीसीमा उल्लेख छ ।
बीबीसीकै अनुसार प्रधानमन्त्री जोनसोनलाई सोमबार दिउँसो आईसीयूमा लैजानुअघि अक्सिजन पनि दिइएको छ । प्रधानमन्त्रीको स्वास्थ्य अवस्थाबारे रानी एलिजावेथलाई पनि जानकारी गराइएको छ । प्रधानमन्त्री लण्डनको सेन्ट थोमस अस्पतालका डाक्टरहरुको निगरानीमा छन् । कोरोना भाइरस (कोभिड १९) को संक्रमणका कारण अवस्था गम्भीर बनेपछि बेलायतका प्रधानमन्त्री बोरिस जोनसोनलाई अस्पतालको आईसीयूमा सारिएको बताइएको छ । (एजेन्सी)
कमेन्ट गर्नुहोस्