देश । सिन्धुपाल्चोकको जुगल गाउँपालिका वडा नम्बर २ लिदिको लामा टोलमा पहिरो गएको छ । शुक्रबार बिहान करिब ६ बजेतिर आएको पहिरो जाँदा त्यहाँ १३ वटा घर पुरिएका छन् । यसैगरी पाँच घर परिवारका सदस्यहरु सम्पर्कविहीन छन् । १५ जना भने पहिरोबाट निस्किएर आफैं लप्सीचौर भन्ने स्थानमा आएर बसिरहेका बताइएको छ । साथै , सो क्षेत्रमा २५–३० घरहरु जोखिममा छन् ।
जुगल गाउँपालिकाले उद्धार गर्न एकदमै कठिन रहेता पनि पर्यत्नरत रहेको बताएको छ ।
कमेन्ट गर्नुहोस्








