क्याप्टेन लामा बने ‘प्रवक्ता’

देश । कलाकार तथा राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगमका बरिष्ठ क्याप्टेन विजय लामा निगमको प्रवक्तामा नियुक्त भएका छन् । उनलाई निगमले मंगलबार प्रवक्ताको जिम्मेवारी दिएको हो । लामा प्रवक्तामा नियुक्त भएसँगै उनलाई सेलिब्रेटीले बधाई दिईरहेका छन् । झण्डै तीन दशकदेखि उनी निगममा पाइलटको रुपमा कार्यरत लामा पछिल्लो समय निगमको १ सय ५८ सिट क्षमतायुक्त ‘ए३२०–२००’ सिरिजका जहाज उडाइरहेका छन् । नेपाली र हलिउड फिल्म ‘एभरेष्ट’मा समेत अभिनय गरिसकेका क्याप्टेन लामाले निगममा भएका समस्याहरुलाई समाधान गर्दै राष्ट्र र राष्ट्रियताको पहिचानलाई विश्वसामु अझ बढी परिचित गराउन भूमिका खेल्ने बताएका छन् । दर्जन बढी फिल्ममा काम गरिसकेका लामा यसै वर्ष रिलिज भएको बोबी र इन्टु मिन्टु लण्डनमा फिल्ममा देखा परेका थिए ।
कमेन्ट गर्नुहोस्