भ्यालेन्टाइन डेमा ‘कविता वाचन’

देश । भ्यालेन्टाइन डे अर्थात प्रणय दिवसको अवसरमा १४ जना चर्तित व्यक्तिले एकै स्थानमा कविता वाचन गर्ने भएका छन् । कवितासंग प्रेम साटासाट गर्ने उद्देश्यले मायासंग जोडिएको विषलाई केन्द्रीत गरी कविता वाच गर्न लागिएको बताइएको छ । विशेषगरी भ्यालेनटाइन डेमा केटाकेटी घुम्न जाने र मनोरञ्जन मात्र गर्ने परम्पराको अन्त्य गर्दै आफ्नो जीवनमा प्रेमसंग जोडिएका विषयलाई कविता मार्फत उतार्न सेलिब्रेटीहरुले प्रेमिल कविता सुनाउने कार्यक्रम आयोजना गर्न अगाडी सरेका हुन् । शुभदिन मिडीया एण्ड सिसर्च सेन्टरले आयोजना गर्न लागेको कार्यक्रममा सेलिब्रिटीहरुले ‘आइ एम अ पोइट इन लभ’ अर्थात मायामा परेको म एउटा कवि विषयमा कविता बाचन गर्ने कार्यक्रम रहेको मिडियाका निर्देशक एवं पुर्व मिस नेपाल सुगरिका केसीले जानकारी दिनुभयो ।

फेब्रुअरी १४ अर्थात शुक्रबार साझ बानेश्वरको मोजो बुटिकमा आयोजना हुने कार्यक्रममा पुर्व प्रदेश–३ की पुर्व प्रमुख एवं माइती नेपालकी अध्यक्ष अनुराधा कोइराला, पुर्व प्रधानसेनापति रुक्माङ्गत कटवाल, वरिष्ठ अधिवक्ता एवं संविधान निर्माता भिमार्जुन अचार्य, पत्रकार बबिता बस्ने, साहित्यकार एवं निर्देशक प्रकाश सायमी, नायिका गौरी मल्ल,सांसद एवं गायीका कोमल वली, सागकी स्वर्ण पदक विजेता आयशा शाक्य, कलाकार एवं फिल्म निर्देशक दीपाश्री निरौला, श्वेता खड्का, कार्यक्रम प्रस्तोता तथा लोकप्रिय सञ्चारकर्मी नरेश भट्टराई, साझा पाटीकी नेतृ रञ्जु दर्शना, डा.सुवास आचार्य, सृष्टि केसी तथा आफ्ना प्रेम–भावना बोकेका कविताहरु वाचन गरेर भ्यालेन्टाइन डेलाई विशेष उपहार दिनेछन् ।

फेब्रुअरी १४ को दिन १४ जनाबाटै कबिता बाचन हुनेछ । मायालाई फरक शैलीमा प्रस्तुत गर्ने र सो भवनाबाट मायाको परिचय दिने उद्देश्यले सबै सेलिब्रिटीले एकै विषयमा कविता बाचन गर्ने कार्यक्रम रहेको निर्देशक केसीले बताउनुभयो । राजनितिज्ञ देखि सुरक्षा निकायका उपल्लो दर्जाका व्यक्ति, समाजसेवी देखि कलाकारसम्मले सम्भवतः एकै स्थानमा प्रेमको विषयमा कविता बाचन गर्न लागेको सम्भवतः पहिलो हो ।

कमेन्ट गर्नुहोस्