सर्लाही ४ को प्रदेशतर्फ वीरेन्द्र र फकिरा विजयी

देश । सर्लाहीको क्षेत्र नम्बर ४ मा प्रदेशसभा तर्फ सत्ता गठबन्धनका उम्मेदवारद्वय प्रदेश क तर्फ नेपाली कांग्रेसका वीरेन्द्र प्रसाद सिंह र प्रदेश ख तर्फ माओवादी केन्द्रका फकिरा महतो विजयी भएका छन् । निवर्तमान मधेश प्रदेशसभा सदस्य तथा महिला, बालबालिकाम, युवा तथा खेलकुद मन्त्री समेत रहेका सिंहले १५ हजार ६ सय ९३ मत ल्याएर विजयी हुँदा निकटम प्रतिद्वन्द्वी नेकपा एमालेका उम्मेदवार रामबाबु रायले १४ हजार ६ सय १६ मत ल्याए । २५ वटा वडा रहेको प्रदेश ‘क’मा ५७ हजार ३ सय ६९ मतदाता रहेका छन् । गत मङ्सिर ४ मा सम्पन्न निर्वाचनमा ३८ हजार ८ सय ५७ ले मात्र मतदान गरेका थिएँ ।

‘दोस्रो पटक निर्वाचित गराएर विकास निर्माणको दायित्व थप भएको छ । मैले पुरा गर्न बाँकी योजनाहरू छिटै पुरा गर्नेछु । मतदाताको विश्वासलाई घट्नु दिन्न’, निर्वाचित सिंहले भने । यस्तै, प्रदेश ‘ख’ तर्फ आफ्नो निकटम प्रतिद्वन्द्वी स्वतन्त्र उम्मेदवार अनिता देवीलाई ३ सय ५७ मतले पछाडी पर्दै महतो विजयी हुँदा ८ हजार ३३ मत प्राप्त गरे । २६ वडा रहेको प्रदेश ‘ख’ तर्फ ५५ हजार १ सय २५ मतदाता रहेका छन् । यद्दपि २३ हजार २५ ले मात्र मतदान गरे ।

कमेन्ट गर्नुहोस्