थप २५ जनामा कोरोना संक्रमण पुष्टी

देश । पछिल्लो विवरण अनुसार थप २५ जनामा कोरोना भाइरस (कोभिड १९) को संक्रमण पुष्टी भएको छ । पर्सामा २ , दैलेखमा १४ र सप्तरीमा ९ जनामा कोरोना संक्रमण पुष्टी भएको हो । वीरगञ्जस्थित नारायणी उपक्षेत्रीय अस्पतालमा रहेको प्रयोगशालामा गरिएको परीक्षणमा सखुवाप्रसौनी क्वारेन्टिनमा बसेका १८ वर्षीय युवक र ६० वर्षीया महिलामा कोरोना संक्रमण पुष्टि भएको हो । ६० वर्षीया महिला भारतको मुम्बई र १८ वर्षीय युवक उत्तरप्रदेशबाट गत जेठ १३ गते आई दीपनारायण माविको क्वारेन्टिनमा बस्दै आएका थिए ।

यसैगरी सप्तरीमा डाकनेश्वरी नगरपालिकाका ९ जनामा कोरोना संक्रमण रहेको पुष्टि भएको हो । वि.पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा गरिएको परीक्षणमा डाकनेश्वरी नगरपालिका–५ पातोस्थित क्वारेन्टाइनमा रहेका १८ वर्षीया एक महिलासहित ९ जनामा कोरोना संक्रमण देखिएको हो । डाकनेश्वरी नगरपालिका–१ का एक, वडा नम्बर ३ का दुई, वडा नम्बर ५ का चार र वडा नम्बर ८ का दुई जनामा संक्रमित थपिएका हुन् । डाकनेश्वरी नगरपालिकामा मात्र कोरोना संक्रमितको संख्या १२ पुग्दा सप्तरीमा संक्रमित हुनेको सङ्ख्या ४२ पुगेको छ। उनीहरु १८, १८, २०, २१, २४, २८, ३२, ४५, ६० वर्ष उमेर समुहको रहेको र सबै भारतबाट आएको जानकारी नगरपालिकाले दिएको छ ।

यस्तै , दैलेखका १४ जनामा कोरोना भाइरसको पीसीआर परीक्षणमा पोजिटिभ देखिएको छ। कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लाको प्रयोगशालामा गरिएको पीसीआर परीक्षणमा उनीहरुमा कोरोना संक्रमण देखिएको अस्पतालले जनाएको छ। दैलेखको नारायण नगरपालिका वडा नम्बर ४ का २८, २५ र ३५ वर्षीय पुरुष, वडा नम्बर ६ का ४१ वर्षीय पुरुष, वडा नम्बर ३ का ३० वर्षीय पुरुष, वडा नम्बर १० का १७ र २० वर्षीय पुरुष, वडा नम्बर २ का २१ वर्षीय पुरुष, वडा नम्बर ८ को २०/२० वर्षीय पुरुष, वडा नम्बर ११ का २७ र १८ वर्षीय पुरुष, वडा नम्बर ९ का ५० र २३ वर्षीय पुरुष गरी १४ जनाको कोरोना भाइरस संक्रमण देखिएको हो।

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लाको प्रयोगशालामा गरिएको परीक्षणमा १४ जनाको कोरोना पोजिटिभ देखिएपछि पुनः परीक्षणका लागि भेरी अस्पताल नेपालगंजस्थित प्रयोगशालामा नमुना पठाइएको बताइएको छ। योसँगै नेपालमा संक्रमितको संख्या १ हजार्ब२ सय ५१ पुगेको छ ।

कमेन्ट गर्नुहोस्