सलमानको फ्यानसँग अलिले मागे माफी

फिल्म । बलिउडका भाइजान सलमान खानले गत डिसेम्बर २७ मा आफ्नो ५३ औ जन्मोत्सव मनाएका छन् । उक्त दिनउनलाई शुभकामना दिने फ्यानको कमि थिएन । सलमानले नजिकका साथी भाइलाई बोलाएर खुशियाली पनि साटेका थिए । यिनै सलमानको जन्मोत्सवमा उनको अभिनय रहेको नेक्स्ट फिल्म ‘भारत’ को केहि नआएपछि फ्यानले आक्रोश पनि व्यक्त गरेका छन् । सलमानको जन्मोत्सवमा’भारत’संग जोडिएको केहि आउने आश उनको फ्यानलाई थियो तर केहि सार्वजनिक भएन । त्यसकारण भाइजानका फ्यानले फिल्मका निर्देशक अलि अब्बास जफरलाई मेन्सन गर्दै ट्वीटर गुनासो समेत गरे ।

सलमानको फ्यानको अत्यधिक गुनासो आएपछि निर्देशक अलिले सोसल मिडिया मार्फत स्पष्टिकरण दिएका छन् । उनले त्यसतो कुनै कुरा नसोचिएको बताउदै केहि दिनमा नै भारतको टिजर आउने संकेत गरे । उनले भाइजानको फ्यानलाई निराश नहुन आग्रह गर्दै लेख्छन ‘भाइजानको भारतको पहिलो झलक झनै स्पेसल हुनेछ , हामी छायांकनमा भएकाले केहि योजना बनाउन पाएनौ ।’ अलिको निर्देशनमा निर्माण भएको फिल्म सुल्तान र टाइगर जिन्दा है मा सलमानले काम गरिसकेका छन् । फिल्ममा कट्रिना कैफ पनि छिन ।

कमेन्ट गर्नुहोस्