विदेश । कोरोना भाइरस (कोभिड १९) को संक्रमण फ्रान्समा पुनः फैलिदो छ । फ्रान्समा बिहीबार एकै दिन ३० हजार ६ सय २१ जना नयाँ संक्रमित एकै दिन फेला परेका हुन् । केहि समय यता फ्रान्समा कोरोना संक्रमितको संख्या बढ्दो रहेको छ ।
कोरोना संक्रमण बढेपछि फ्रान्स सरकारले राजधानी पेरिससहित नौ शहरमा शनिबारदेखि रातमा कर्फ्यु लगाउने निर्णय गरेको छ । शनिबारदेखि राति ९ बजेपछि बिहान ६ बजेसम्म मानिसहरुलाई घर बाहिर निस्किन बन्देज गरिएको छ । यो बन्देज कम्तिमा चार हप्तासम्म रहने बीबीसीले जनाएको छ । (एजेन्सी)
कमेन्ट गर्नुहोस्