नयाँ वर्षमा ‘महामारी अन्त्य’ को कामना

देश । आजबाट इस्वी संवतको नयाँ वर्ष सन् २०२१ शुरु भएको छ । नेपालीसहित विश्वभरका मानिसहरुले एक आपसमा शुभकामना आदान प्रदान गर्दै नयाँ वर्षलाई स्वागत गरिरहेका छन् । कोरोना भाइरसले सिर्जित अवस्थाको कारण यो वर्ष रौनकता अलि कम छ । किनभने अघिल्लावर्षहरुमा नयाँ वर्षलाई धुमधामले विश्वभरनै स्वागत गरेको पाइन्थ्यो ।

इसाई धर्मका प्रवर्तक जिसस क्राइस्ट (प्रभु यशु) को सम्झनामा उनको मृत्युपछि अनुयायीले सो संवत् प्रचलनमा ल्याएका हुन् । नयाँ वर्षमा इसाई धर्मावलम्बीहरुले यशुको सम्झना गर्दै अंगुरको रस र रोटी खाने प्रचलन छ । विश्वभर मानिसहरु नयाँ वर्षको शुभकामना दिँदै विश्वमा शान्ति र समृद्धिको कामना गरिरहेका छन् ।

कमेन्ट गर्नुहोस्