विदेश जाने विद्यार्थीको रोजाईमा विआर एजुकेसन

देश । जोरपाटीमा रहेको जेपी कम्प्लेक्समा रहेको विआर एजुकेसन एण्ड क्यारियर कसल्टेन्टले विदेशमा उच्च शिक्षाका लागि योजना बनाइरहेका विद्यार्थीलाई लक्षित गर्दै विभिन्न योजना ल्याएको छ । विदेशमा अध्यन गर्न खोज्ने विद्यार्थी सङ्ख्या बढेसँगै अन्यौलता पनि बढेको सन्दर्भलाई मध्यनजर गर्दै उचित परामर्श प्रदान गरिने संचालक विष्णु गिरीले बताए ।

विगत केही वर्षदेखि कानूनी सेवा दिईरहेका गिरीले आफू कहाँ आइपुग्ने विद्यार्थीलाई स्पष्ट रुपमा ‘काउन्सलिङ’ गरिरहेको बताए । ‘अहिले बाहिर जाने आकर्षण जति बढेको छ, त्यति नै अलमल पनि । सोही कारणले गर्दा उचित परामर्शका लागि हामीले यसको सुरुआत गरेका हौँ’, संचालक गिरीले भने,‘हामी कहाँ स्पष्ट रुपमा लाग्ने खर्चको बारेमा जानकारी दिइन्छ । साथै, योग्यता अनुसारको देश पुग्न सुझाव पनि दिन्छ ।’

उनले विद्यार्थीका रुपमा नयाँ देशमा पनि सम्भावना रहेको बताए । संचालक गिरीले यसलाई पैसा कमाउन मात्र केन्द्रीत नभई सेवा भावले सुरुआत गरिएको बताए । उनका अनुसार विआर एजुकेसन एण्ड क्यारियर कसल्टेन्टले सुरुआती चरणमा विद्यार्थी मैत्री र झन्झट रहित योजना ल्याएको छ । उनले कन्सल्टेन्सीमै आएर उचित परामर्श पनि गर्न सकिने बताए ।

कमेन्ट गर्नुहोस्