चिकित्सकसहित थप ४९ जनामा कोरोना पुष्टि

देश । नारायणी अस्पतालमा कार्यरत चिकित्सक सहित ४९ जनामा कोरोना भाइरसको पुष्टी भएको छ । बिहिबार अबेर राति अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा चिकित्सकसहित थप ४९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । संक्रमित हुनेहरुमा २६ जना पर्साका, १९ जना बाराको जितपुर सिमरा उपमहानगरपालिका, दुई जना महोत्तरीको जलेश्वर नगरपालिका, एक जना बाराको विश्रामपुरका र एक जना वीरगन्जस्थित भारतीय महावाणिज्य दूतावासमा कार्यरत कर्मचारी रहेका छन् ।

पर्साका २६ जना संक्रमितमध्ये १२ जना नारायणी अस्पतालका चिकित्सक, स्वास्थ्यकर्मी र कर्मचारी रहेका छन् । त्यहाँ १२ महिलासहित दुई वर्षदेखि ६९ वर्ष उमेर समूहका ४९ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । नारायणी अस्पतालको एनआईसीयू विभागका एक चिकित्सक, पोषण, फार्मेसी र फिजियोथेरापी विभागका एक/एकजना स्टाफमा कोरोना देखिएको हो । अस्पतालका ३ जना स्विपर, ३ जना सुरक्षा गार्ड र एक जना कार्यालय सहयोगीमा पनि कोरोना संक्रमण पुष्टि भएको छ । ४ जना संक्रमितमा खोकी र ज्वरोको लक्षण देखिएको छ । पैसा तिरेर स्वयम् परीक्षण गर्न आएका ६ जनामा कोरोना पुष्टि भएको छ । ग्लोबल आईएमई बैंकका एक जना कर्मचारीमा पनि कोरोना पुष्टि भएको अस्पतालले जनाएको छ ।

कमेन्ट गर्नुहोस्