मिस वर्ल्ड नेपाल आउँदै

देश । मिस वर्ल्ड २०१९ की विजेता टोनी एन सिंह मिस वर्ल्ड संस्थाका अध्यक्ष जुलिया मोर्ली र निर्देशक स्टीव डग्लससँग तीनदिने भ्रमणका लागि बिहीबार नेपाल आउँदै छिन् । मिस वर्ल्ड संस्था र हिडन ट्रेजरको २३ वर्ष लामो सम्बन्ध क्रममा मिस वर्ल्डले नेपाल भ्रमण गर्न लागेको यो पहिलोपटक रहेको मिस नेपाल आयोजक हिडन ट्रेजरले जनाएको छ।

हिडन ट्रेजरले आफ्नो २५औं वार्षिकोत्सव र भिजिट नेपाल २०२० को अवसर पारेर यस वर्षका मिस वर्ल्डलाई नेपाल भ्रमणको निम्तो दिएको थियो । जमैकाकी टोनी नेपाल भ्रमण क्रममा सिन्धुपाल्चोक र मकवानपुर जाने कार्यक्रम समेत रहेको छ। उनी मिस नेपाल २०१९ अनुष्का श्रेष्ठको प्रोजेक्ट हेर्न सिन्धुपाल्चोकको हेलम्बु र अघिल्लो वर्षकी मिस नेपाल शृंखला खतिवडाको प्रोजेक्ट हेर्न मकवानपुर पनि जाने छिन् ।

कमेन्ट गर्नुहोस्