भ्याक्सिन यसैवर्ष आउने दाबी

विदेश । यतिबेला विश्वका अधिकांस देशको समस्या नै कोरोना भाइरस (कोभिड १९) बनेको छ । गत वर्षको डिसेम्बर अन्तिममा चीनको वुहान सहरमा पहिलोपटक संक्रमण पुष्टी भएको यो भाइरसको महामारी अहिले विश्वभर फैलिसकेको छ । विश्वका वैज्ञानिकहरुयसको खोप बनाउन जुटे पनि समाधान अझै निस्किएको छैन । विश्वभर ६० लाख ५४ हजार १ सय ८७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ भने ३ लाख ६८ हजार ७ सय ११ जनाको मृत्यु भइसकेको छ ।

यसैबीच एउटा खुसीको खबर आएको छ । कोरोना भाइरसले विश्व बजार परिरहेको असरका बीच यसको भ्याक्सिन यसैवर्षको अन्त्यसम्म बजारमा उपलब्ध हुने बताइएको छ । चीनको सम्पत्ति पर्यवेक्षण तथा प्रशासन परिषदले शनिबार सामाजिक सन्जालमा एक पोष्ट गर्दै चीनले बनाएको भ्याक्सिन सन् २०२० को अन्त्यसम्ममा विश्व बजारमा पग्ने दाबी गरेको हो । हाल दोस्रो चरणमा परिक्षण जारी रहेको भ्याक्सिनलाई वुहान इन्सटिच्युट अफ बायोलोजिकल प्रोडक्ट्स र बेइजिङ इन्सटिच्युट अफ वायोलोजिकल प्रोडक्ट्सले तयार पारेका हुन् । चीनको सम्पत्ति पर्यवेक्षण तथा प्रशासन परिषद, राज्यपरिषद अन्तर्गतको मन्त्रीस्तरीय संगठन हो ।

(एजेन्सी)
कमेन्ट गर्नुहोस्