देश । अल्फा अटोमोटिभ प्रालिले हास्यव्यङ्ग्य कलाकार, सामाजिक व्यक्तित्व तथा उत्प्रेरक सन्दीप क्षेत्रीलाई ‘फेस अफ रोयल इन्फिल्ड’ नियुक्त गरेको छ । कलाकार क्षेत्री विगत दुई दशकदेखि नेपाली कला, मनोरञ्जन र सामाजिक क्षेत्रमा सक्रिय रहँदै जनमानसको मन जित्न सफल एक प्रभावशाली व्यक्तित्व हुन् । उनको सादगी, साहसिक जीवनशैली र मोटरसाइकलप्रतिको गहिरो रुचिले उनलाई यो भूमिकाका लागि उपयुक्त बनाएको कम्पनीले जनाएको छ । उनको स्वतन्त्रता, साहसिकता र आत्मविश्वासले भरिएको व्यक्तित्वले रोयल इन्फिल्डको मूल्य र दृष्टिकोणसँग मेल खाने कम्पनीको भनाइ छ ।
रोयल इन्फिल्ड नेपालले यो सहकार्यलाई व्यवसायिक साझेदारी मात्र नभई साझा मूल्य र दृष्टिकोणमा आधारित यात्राको प्रारम्भको रूपमा लिएको छ । कलाकार क्षेत्रीमार्फत रोयल इन्फिल्डको परम्परा, शैली र भावना आम नेपाली जनमानसमा थप प्रभावकारी ढङ्गले पुग्ने विश्वास कम्पनीले लिएको छ । मोटरसाइकललाई यातायातको साधन मात्र नभई आत्म-अभिव्यक्तिको माध्यम बनाउने आफ्नो दृष्टिकोणलाई यो सहकार्यले अझ सशक्त रूपमा उजागर गर्ने कम्पनीको भनाइ छ ।