सेयर । पछिल्लो समय सेयरमा सर्वसाधारणको आकर्षण बढ्दो छ । प्राथमिक बजारसंगै दोस्रो बजारमा पनि सेयरलाई लिएर उत्साह बढ्दै गर्दा आईपीओ पनि निस्किने क्रम बढ्दो नै छ । यसैक्रममा नेपाल धितोपत्र बोर्डले पछिल्लो समय मैलुङ्ग खोला जलविद्युत कम्पनीलाई सर्वसाधारणको लागि प्राथमिक सेयर (आईपीओ) निष्काशन गर्न अनुमति दिएको छ।
कम्पनीले सर्वसाधारणको लागि ७ लाख ३६ हजार २ सय ८६ कित्ता शेयर निष्काशनको लागि बाेर्डबाट असार २३ गते अनुमति पाएको हो । कम्पनीले प्रति कित्ता १०० रुपैयाँ अंकित दरका ७ करोड ३६ लाख २८ हजार ६०० रुपैयाँ बराबरको ७ लाख ३६ हजार २८६ कित्ता शेयर निष्काशन गर्नेछ । आयोजना प्रभावितका लागि कम्पनीले यस अघि नै आईपीओ निष्काशन गरिसकेको छ। कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटल रहेको छ ।
कमेन्ट गर्नुहोस्








