हट्यो कोटा प्रणाली

देश । लाइसेन्सको अनलाइन आवेदन दिन पनि सस्ती हुने भएपछि यातायात व्यवस्था विभागले दैनिक जति पनि संख्यामा सेवाग्राहीले आवेदन दिनसक्ने गरी प्रणाली व्यवस्थापन गरेको हो । यो सँगै विभागले आजबाट सवारी चालक अनुमति पत्र (लाइसेन्स) आवेदनमा कोटा प्रणाली हटाएको छ । विभागले अनलाइन सिस्टममा सुधार गरी आजबाट अनलिमिटेड फारम भर्न सकिने व्यवस्था गरिएको बताए ।

यसअघि हरेक दिन लाइसेन्स वितरण गर्ने कार्यालयहरुले आफ्नो क्षमताअनुसार निश्चित कोटा तोक्ने र त्यसैअनुसार मात्रै अनलाइन फारम भर्न मिल्ने व्यवस्था गरेका थिए । यस अनुसार दैनिक ४ देखि ५ हजारले मात्रै लाइसेन्सको आवेदन दिन पाउँथे । अनलाइन आवेदनको प्रणाली खुल्नासाथ एकैपटक हजारौं सेवाग्राहीले यातायात व्यवस्था विभागको वेबसाइट खोल्दा प्रणालीमै समस्या देखिएको थियो ।

कमेन्ट गर्नुहोस्