नेपाल भित्रियो मनसुन

12 Shares

देश । सामान्यतयाः १० जुन मा नेपालको पूर्वी भागबाट मनसुन प्रवेश गर्ने गरेको मनसुन यसवर्ष दुई दिन ढिलो अर्थात् १२ जुनदेखि प्रवेश गरेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । मनसुन नेपालमा प्रवेश गरेसँगै पानी पर्ने क्रम बढ्ने हुँदा आवश्यक सतर्कता अपनाउन र पूर्वतयारीमा लाग्न विभागले सबैलाई अनुरोध गरेको छ । नेपालबाट मनसुन बाहिरिने सामान्य मिति भनेको २३ सेप्टेम्बर हो ।

१२ जुनमा पूर्वी नेपालबाट भित्रिएको मनसुन विस्तारै देशभर फैलिँदै जाने विभागले जनाएको छ । यो नेपालभर फैलिन झन्डै एकसाता लाग्ने बताइएको छ । यस वर्षको मनसुनमा नेपालमा सरदर पानी पर्ने मौसमविदहरु बताउँछन् । सामान्यतया सरदर वर्षा भन्नाले कुनै स्थान विशेषको लामो समय अर्थात् ३० वर्षको अवधिमा भएको औसत वर्षालाई बुझिन्छ ।

कमेन्ट गर्नुहोस्