रविलाई मातृशोक

देश । दोस्रो नेपाल आइडलका उपाधि जितेका रवी ओडकी आमाको करेन्ट लागेको मृत्यु भएको छ। घरबाट उपचारका लागि सेती अञ्चल अस्पताल ल्याउँदै गर्दा विष्णाको बाटोमा नै मृत्यु भएको बुझिएको छ । कञ्चनपुरको कृष्णापुर नगरपालिका–५ निवासी विष्णा पानी तान्ने मोटर चलाउने क्रममा करेण्ट लागेको हो ।

करेन्ट लागेर घाइते भएकी ओडकी आमा ४५ वर्षीया विष्णालाई उपचारका लागि सेती अञ्चल अस्पताल पुर्याइएको थियो तर उनले बाटोमा नै यो धर्ति छाडिसकेकी थिइन् । सेती अञ्चल अस्पतालका अनुसार अस्पताल पुर्‍याउँदा ओडको मृत्यु भइसकेको थियो । बुधबार बिहान करेन्ट लागेपछि घाइते ओडनलाई बिहान पौने ९ बजे सेती अञ्चल अस्पताल पुर्‍याइएको थियो । आमाकाे मृत्युकाे खबर पाएपछि रवि पनि सेती अञ्चल अस्पताल पुगेका छन् ।

कमेन्ट गर्नुहोस्