देश । प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार (आज) साँझ ६ बजे राष्ट्रका नाममा सम्बोधन गरेका छन् । उनले सम्वोधन गर्दै नेपाली जनतालाई जिम्मेवार नागरिकको भूमिका निर्वाह गर्न आग्रह गरे । ‘हाम्रो जान जीवनमा केहि समस्या पर्छ तर अवस्थासंग जुधन हामी तयार हुनु पर्छ । हामीले प्रदान गर्न सक्ने सम्पूर्ण सेवा प्रदान गर्नेछौ’ उनले सम्बोधन गर्दै भने ।
संसारभर महामारीका रुपमा फैलिइरहेको कोरोना भाइरस (कोभिड- १९) को संभावित संक्रमण रोकथाम लगायतका बिषयमा शुक्रबार साँझ देशवासीका नाममा सम्बोधन गर्ने क्रममा प्रधानमन्त्री ओलीले कोरोना संक्रमण फैलिन नदिन अझै सजग हुनु पर्नेमा जोड दिए । उनले चैत ९ देखि २१ गतेसम्म अत्यावश्यक सेवा प्रदान गर्नेबाहेक सबै कार्यालय बन्द गर्ने भएको जानकारी दिए । प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार देशबासीलाई संबोधन गर्दै संघ, प्रदेश र स्थानीय तहका सार्वजनिक, सामुदायिक र निजी संस्थाबाट प्रदान गरिने अत्यावश्यकबाहेक सबै सेवा बन्द गर्न आग्रह गरेका हुन् ।









