ट्रम्प भन्छन् ‘चुनाव सर्दैन’

विदेश । कोरोया भाइरस (कोभिड १९) ले सबै भन्दा असर गरेको राष्ट्र संयुक्त राज्य अमेरिका हो । त्यहाँ पछिल्लो समय कोरोना भाइरस संक्रमित र मृत्यु हुनेको संख्या अन्य देशको तुलनामा निकै बढी छ । जोन्स हप्किन्स विश्वविद्यालयको तथ्यांकअनुसार अमेरिकामा १२ लाख २७ हजार ४ सय ३० जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने ७३ हजार २ सय ७ जनाको मृत्यु भएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकामा फैलिएको कोरोना भाइरसको संक्रमणलाई सबैभन्दा नराम्रो हमला भनेर टिप्पणी गरेका छन् ।

कोरोना भाइरसको संक्रमण फैलिँदै गएपछि आगामी राष्ट्रपतिको चुनावबारे आशंका हुँदै आएको छ । ट्रम्पले आगामी नोभेम्बरमा हुने अमेरिकाको राष्ट्रपतिको चुनाव स्थगित नहुने पनि बताए । ‘मैले चुनावको मिति सार्ने विषयमा कहिल्यै पनि सोचेको छैन । ३ नोभेम्बर एक राम्रो अंक हो’ चुनाव स्थगित गर्नु हुन्छ कि हुँदैन भनेर पत्रकारले सोधेको प्रश्नको जवाफमा ट्रम्पले भनेका छन् । (एजेन्सी)

कमेन्ट गर्नुहोस्