रवि र बालेनको सम्झौताका साक्षीहरू

देश । लामो प्रयासपछि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहबीच सातबुँदे सम्झौता भएको छ । सम्झौताअनुसार आगामी प्रतिनिधिसभा निर्वाचनपछि बालेन शाहलाई भावी प्रधानमन्त्रीका रूपमा अघि सारिनेछ भने रास्वपाको सभापतिमा रवि लामिछाने यथावत रहने छन् । आज बिहान करिब ४ बजे दुवै पक्षबीच सहमतिपत्रमा हस्ताक्षर भएको हो ।

उक्त ऐतिहासिक क्षणमा रास्वपाका उपसभापति डीपी अर्याल, नेताहरू स्वर्णिम वाग्ले, शिशिर खनाल, असिम साहलगायतको उपस्थिति थियो । यसका साथै कुमार बेन, सुदिप ढकाल, जेनजी युवा अगुवा केपी खनाल, भुपदेव साह तथा कलाकार निश्चल बस्नेतलगायत पनि सम्झौताको साक्षी बनेका थिए ।

सम्झौतापत्रमा हस्ताक्षरपछि रवि लामिछाने र बालेन शाहले एक-अर्कालाई अंगालो हाल्दै सहकार्यको प्रतिबद्धता जनाएका थिए । त्यसपछि उपस्थित सबैले सामूहिक तस्बिरसमेत खिचाएका थिए । सम्झौतापछि प्रतिक्रिया दिँदै रास्वपा सभापति रवि लामिछानेले यो सहमति नेताहरूले खोजेजस्तो नभई देशलाई आवश्यक भएको सहमति भएको बताए । उनले देशको भविष्यलाई केन्द्रमा राखेर सहकार्य अघि बढाइएको स्पष्ट पारे ।

कमेन्ट गर्नुहोस्