विदेश । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) पोर्चुगल च्याप्टरको अधिवेशन जुन १९, २०२५ मा अनलाइनमार्फत सम्पन्न भएको छ। अनेसासको विधानअनुसार दुईवर्षे कार्यकालका लागि नयाँ कार्यसमिति निर्विरोध निर्वाचित भएको छ ।
अधिवेशनबाट एन.बी. अन्जान अध्यक्ष, सागर शाह वरिष्ठ उपाध्यक्ष, उर्मिला कार्की उपाध्यक्ष, मणिराज गौतम महासचिव, ऋतुशला लामा सचिव, मुना नेउपाने कोषाध्यक्ष, सजु पौडेल बराल, सुजन पण्डित र प्रेम कोइराला सदस्य रहेको नौ सदस्यीय कार्यसमिति चयन भएको छ।
कार्यक्रममा अनेसास केन्द्रीय महासचिव राजु सिटौलाको विशेष आतिथ्यता थियो। अधिवेशन सम्पन्न गर्न निवर्तमान केन्द्रीय सदस्य यादव देवकोटा संयोजक रहेको तीन सदस्यीय निर्वाचन समितिमा अर्जुन श्री र नेपाल आदिवासी जनजाति महासंघ पोर्चुगलका महासचिव प्रेम लिम्बू सदस्य थिए।
निर्विरोध निर्वाचन भएकोमा केन्द्रीय महासचिव सिटौलासहितले शुभकामना व्यक्त गरे। निवर्तमान अध्यक्ष सवी श्रेष्ठले आफ्नो कार्यकालमा सहयोग गर्ने सबैप्रति धन्यवाद व्यक्त गर्दै अधिवेशन सौहार्दपूर्ण रूपमा सम्पन्न भएकोमा खुशी व्यक्त गरे।