चीनमा भेटिए १४ नयाँ संक्रमित

विदेश । केहि समय यता चीनमा कोरोना भाइरस (कोभिड १९) को नयाँ संक्रमित लगभग शुन्यमै झरिसकेको थियो । नयाँ संक्रमित नभेटीदा र आइसोलेसनमा रहेको संख्या निकै कम हुँदा चीन सामान्य जीवन तर्फ फर्किरहेको थियो । तर , पछिल्लो २४ घण्टामा कोरोना भाइरसका १४ जना नयाँ संक्रमित चीनमा थपिएका छन् । यो संख्या गत अप्रिल २८ यताकै सबैभन्दा बढी हो ।

१४ मध्ये दुई जना विदेशबाट आएका मानिस रहेको बताइएको छ भने बाँकी १२ जना स्थानीय संक्रमित हुन् । भेटिएका नयाँ संक्रमित मध्ये ११ जना उत्तरपश्चिमी प्रान्त जिलिनका हुन् । यस्तै, चीनमा बिना कुनै लक्षणका २० नयाँ संक्रमित भेटिएका छन् ।

चीनमा संक्रमितको संख्या ८२ हजार नौ सय एक पुगेको छ । भने , ४ हजार ६३३ जनाको मृत्यु भइसकेको छ । त्यस्तै ७८ हजार एक सय २० संक्रमित निको भएर घर फर्किसकेका छन् । चीनले अब केवल १४८ जना बिरामी निको हुन बाँकी रहेको बताएको छ । जसमध्ये १३ जनाको अवस्था गम्भीर छ । (एजेन्सी)

कमेन्ट गर्नुहोस्