रूसमा चीन-भारतका विदेशमन्त्री भेट

देश । पछिल्लो समय चीन-भारतको सीमाक्षेत्रमा भईरहेको विवादलाई कम गर्न् देशबीच पाँच बुँदाको सहमति भएको छ । लाइन अफ एक्चुअल कन्ट्रोल (एलएसी)मा तनाव बढेसँगै चिनियाँ विदेशमन्त्री वाङ्ग यी र उनका भारतीय समकक्षी एस जयशंकरबीच बिहीबार रूसको राजधानी मस्कोमा छलफल भएको थियो ।

यसैगरी सो भेटमा भारतीय विदेशमन्त्रीले भारतले सीमामा जारी तनावलाई भारतले थप बढाउन नचाहेको र चीनप्रतिको भारतको नीतिमा कुनै परिवर्तन नभएको बताएको भारतीय मिडियामा उल्लेख छ ।

चिनियाँ विदेश मन्त्रालयले छिमेकी देश हुनुको नाताले केही मुद्धाहरूमा दुई देशबीचमा केही असहमति हुनु एकदमै स्वभाविक रहेको बताउँदै ती असहमतिलाई सहि परिपेक्ष्यमा हेरिनुपर्ने भनेको छ। दुवै देशका मन्त्रीहरू मस्कोमा चलिरहेको शाङ्घाई कर्पोरेशन अर्गनाइजेसनको बैठकमा भाग लिन त्यहाँ पुगेको बताइएको छ । (एजेन्सी)

कमेन्ट गर्नुहोस्