बरहथवामा कोभिड अस्पताल

0 Shares
तस्बिर : महेश बरालको फेसबुकबाट

देश । सर्लाहीको प्रमुख व्यापारिक केन्द्र मानिने बरहथवा नगरपालिकामा अस्थायी कोभिड अस्पताल संचालनमा आएको छ । नगरप्रमुख देवानन्द महतोले वुधवार ५ शैयाको कोभिड अस्पतालको उद्घाटन गर्दै यो संकटमा सुरुवात गरिएको बताए । प्राथमिक स्वास्थ्य केन्द्रमा कोभिड विरामीको उपचार भईरहदा त्यसकै छेउमा रहेको सर्पदंश उपचार केन्द्रलाई हाललाई कोभिड विरामीको उपचार गर्ने अस्थायी अस्पताल बनाइएको सोही वडा नम्बर ६ आ अध्यक्ष मोहमद अफताब आलमले बताए ।

एक मेडिकल डाक्टर, २ जना स्टाफ र नर्स एक कार्यालय सहयोगी राखेर अस्पताल संचालन गरिएको उने प्रस्ट्याए । ‘हामीले नगरलाई लक्षित गर्दै कोभिड अस्पतालको सुरुवात गरेका हौँ’ उनले भने । यसैगरी सर्पदंशको उपचार भने हाललाई प्राथमिक स्वास्थ्य केन्द्रकै भवनबाट भइरहेको वडा अध्यक्ष आलमले बताए ।

कमेन्ट गर्नुहोस्