देश । यसपटक नेपाली कांग्रेसले आउँदो प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनको लागि युवा तथा नयाँ अनुहारलाई सिफारिस गरिरहेको छ । यस्तै , कलाकारहरुलाई समेत नेपाली कांग्रेसका कार्यकर्ताले आफ्नो प्रतिनिधि बनाउँदै प्रतिनिधि सभा तथा प्रदेश सभा पठाउन तत्पर छन् । यसै क्रममा सर्लाही क्षेत्र नम्बर ४ बाट प्रदेश सांसदमा समानुपातिक तर्फ जोगिन्दरको उपनामले परिचित शिव शंकर रिजाल सिफारिस भएका छन् ।
प्रदेश सभा तर्फ प्रदेश (क) मार्फत एक नम्बरमै सिफारिस भएको जोगिन्दरले बताए । ‘मलाई प्रदेश सांसद तर्फ समानुपातिकमा सिफारिस गर्नु भएको छ । यसले मेरो कलाकारितासँगै समाज सेवालाई समेत प्रस्ट्याउछ’ जोगिन्दरले भने । हाल सर्लाहीमै रहेका जोगिन्दरले आफ्नो क्षेत्रका कांग्रेसी नेता तथा कार्यकर्तालाई धन्यवाद समेत दिए ।
यस्तै , प्रतिनिधि सभा तर्फ क्षेत्रले गगनकुमार थापालाई सिफारिस गरेको छ । उनको एकल नाम प्रतिनिधि सभाको लागि सिफारिस गरिएको हो । यस्तै प्रदेश तर्फ प्रत्यक्षमा वीरेन्द्र प्रसाद सिंह , रघु कार्की सिफारिस भएका छन् ।










