विदेश । इण्डियन प्रिमियर लिग (आइपिएल) मा गएराति भएको फाइनल खेलमा मुम्बई इण्डियन्सले जित हासिल गरेको छ । यो जितसँगै मुम्बई इन्डियन्स पाँचौ पटक इन्डियन प्रिमियर लिग (आइपिएल) टी-२० क्रिकेट प्रतियोगिताको च्याम्पियन बनेको छ । युएईको दुबईमा भएको १३औं संस्करणको उपाधि भिडन्तमा मुम्बईले दिल्ली क्यापिटल्सलाई ५ विकेटले पराजित गर्दै उपाधि हात पारेको हो ।
टस जितेर पहिले ब्याटिङ गरेको दिल्लीले २० ओभरमा ७ विकेटको क्षतिमा १ ससे ५६ रन जोड्यो। दिल्लीका लागि कप्तान श्रेयस इयर र रिशव पन्तले अर्धशतक प्रहार गरे। इयरले ५० बलमा ६ चौका र २ छक्काको मद्दतमा नटआउट ६५ रन जोडे। दिल्लीले दिएको १ सय ५७ रनको लक्ष्य मुम्बईले ५ विकेटको क्षतिमा १८.४ ओभरमा सहज रुपमा पार गर्यो । मुम्बईको जितमा कप्तान रोहित शर्माले ६८ रनको योगदान दिए। उनले ५१ बलमा ५ चौका र ४ छक्का हिर्काए।
यस अघि मुम्बईले सन् २०१३, २०१५, २०१७ र २०१९ मा उपाधि जितेको थियो । गत संस्करणको विजेता मुम्बई सन् २०११ पछि लगातार दुई पटक उपाधि जित्ने पहिलो टिम बन्यो । आइपिएल इतिहासमा मुम्बई सर्वाधिक उपाधि जित्ने टिम हो ।