युवा नेता कार्की महाधिवेशन प्रतिनिधि निर्वाचित

देश । क्रियाशील विवादका कारण रोकिएको सर्लाहीको वडा अधिवेशन गत मङ्सिर १२ गते मात्र सम्पन्न भएको थियो । नेपाली कांग्रेसको महाधिवेशनकै साता सर्लाहीमा क्षेत्रीय अधिवेशन सम्पन्न भएको छ । क्रियाशील विवाद देखि नै चर्चामा रहेको सर्लाही क्षेत्र नम्बर ४ बाट युवा नेता रघुवीर कार्की महाधिवेशन प्रतिनिधिमा निर्वाचित भएका छन् । नेपाल विद्यार्थी संघका पुर्व केन्द्रीय सदस्य समेत रहेका कार्कीले ५ सय १३ मत ल्याउदै महाधिवेशन प्रतिनिधिमा विजय हासिल गरेका हुन् ।

मंगलवार सर्लाही क्षेत्र नम्बर ४ स्थित गोडैता नगरपालिका वडा नम्बर ५ को एक विद्यालयमा भएको क्षेत्रीय अधिवेशनमा आफुलाई मतदान गर्ने प्रति उनले आभार व्यक्त गरे । १२ औँ महाधिवेशन देखि नै क्षेत्रीय प्रतिनिधि चुनिदै आएका नेता कार्कीलाई यसक्षेत्रको उदाउँदो नेताको रुपमा हेरिएको छ । उनले आफ्नो जीतलाई युवाको जीत भनेका छन् । ‘हाम्रो पुस्ता अब नेतृत्वका लागि अगाडी बढ्दै छ । यसलाई देशभरबाट निर्वाचित युवा प्रतिनिधिले प्रस्ट्याएको छ’ नेता कार्कीले भने । नेविसंघभित्र स्पष्ट वक्ता र कूशल संगठकका रूपमा परिचित नेता कार्कीले समाजशास्त्र र राजनीति शास्त्रमा स्नातकोत्तर र कानूनमा स्नातक (एलएलबी) पनि गरेका छन् । नेता कार्कीलाई प्रदेश नम्बर २ का महिला , बालबालिका , युवा तथा खेलकुद मन्त्री विरेन्द्र प्रसाद सिंह तथा सर्लाही जिल्ला नेका उपसभापति सुरेन्द्र प्रसाद सिंहले निर्वाचित प्रमाणपत्र दिदै उज्वल भविष्य रहेको नेताको रुपमा उपस्थित माँझ व्याख्या गरेका थिए ।

कमेन्ट गर्नुहोस्