देश । विश्वको टाउको दुखाइ बनिरहेको कोरोना भाइरस (कोभिड १९) को संक्रमण बाट नेपालमा ४ जना निको भएका छन् । चीनबात आएका विधार्थीमा पहिलो पटक कोरोना भाइरसको संक्रमण देखिएको थियो । उनले स्वास्थ्य लाभ गरेर घर फर्किएपछी फ्रान्सबाट नेपाल आएकी १९ वर्षीया प्रसिद्धि श्रेष्ठ दोस्रो संक्रमितको रुपमा फेला परिन् । उनले पनि शनिवारनै स्वास्थ्य लाभ गरेकी छिन् । अर्थात् उनि कोरोना भाइरसको संक्रमणबाट मुक्त भएकी छिन् । उनिसँगै बाग्लुङकी ६५ वर्षीय महिला पनि कोरोना भाइरसको संक्रमणलाई जित्न सफल भएकी छिन् । उनलाई अस्पतालले डिस्चार्ज गर्ने तयारी गरेको छ ।
कैलालीको लम्कीचुहा नगरपालिका–९ प्रतापपुरका २१ वर्षीय युवकको दोस्रो र तेस्रो पटक गरिएको कोरोना संक्रमण परीक्षणको नतिजा नेगेटिभ आएको थियो ।पहिलो रिपोर्ट पोजेटिभ आएपछि अस्पताल भर्ना भएका उनको दोस्रो र तेस्रो रिपोर्ट नेगेटिभ आएपछि डिस्चार्ज गर्ने तयारी भइरहेको सेती प्रादेशिक अस्पतालले जानकारी दिए । उनी आइतबार नै घर फर्किने अस्पताल स्रोतले बताएको छ ।
भारतबाट चैत ११ गते घर फर्किएका उनलाई कैलालीको प्रतापपुर क्वारेन्टाइनमा ११ दिन बसेपछि कोरोना पुष्टि भएको थियो । नगरपालिकाले तयार गरेको क्वारेन्टाइनमा उनी १३ गते देखि बसेका थिए ।








