अर्जेन्टिनाको दोस्रो जित

विदेश । फिफा विश्वकप २०२२ अन्तर्गत दक्षिण अमेरिकी छनोटमा अर्जेन्टिनाले लगातार दोस्रो खेलमा जित हात पारेको छ । बुधबार विहान भएको खेलमा अर्जेन्टिनाले बोलिभियालाई २-१ गोलले पराजित गर्‍यो।

खेलको २४ मिनेटमा घरेलु टिम बोलिभियाका लागि मार्टिन्सले गोल गर्दै टिमलाई अग्रता दिलाए । पहिलो हाफको अन्तिम मिनेटमा अर्जेन्टिनालेका लागि मार्टिनेजले ४५ मिनेटमा गोल गरे । दोस्रो हाफमा मैदान छिरेका योकिन कोरियाले ७९ मिनेटमा गोल गर्दै अर्जेन्टिनालाई अग्रता दिलाए । उनलाई गोल गर्न मार्टिनेजले पास उपलब्ध गराए ।

जितसँगै अर्जेन्टिना सुरुवाती दुई खेलमा जित निकाल्दै अंक तालिकाको शीर्ष स्थानमा पुगेको छ । यस्तै , छनोट अन्तर्गत भएको अन्य खेलमा इक्वेइडरले उरुग्वेलाई ४-२ गोलले पराजित गरेको छ । इक्वेइडरले ७५ मिनेटसम्म ४ गोल गरेको थियो । यस्तै पाराग्वेले भेनेजुएलालाई १-० गोलले हराएको छ। (एजेन्सी)

कमेन्ट गर्नुहोस्