चिसिदो काठमाण्डौ

देश । यतिबेला जाडो बढ्दो छ । तराइ मात्र होइन बिहानी पख राजधानी पनि निकै चिसो हुने गरेको छ । काठमाडौं उपत्यकासहित देशभरिको चिसो बढिरहेको छ । उपत्यकामा हिजोभन्दा आज बिहान तापक्रम चार डिग्रीभन्दा बढी घटेको छ । बिहीबार काठमाडौंको न्यूनतम तापक्रम ५.५ डिग्री मापन भएकोमा शुक्रबार घटेर १.४ डिग्रीमा झरेको हो । त्यसो त बिहिबार उपत्यकाको अधिकतम तापक्रम पनि १७ डिग्रीमात्र पुगेको थियो।

कमेन्ट गर्नुहोस्