जितसँगै रोयल च्यालेन्जर्स बेंग्लोरले बनायो १२ अंक

विदेश । इण्डियन प्रिमियर लिग (आइपिएल) क्रिकेटमा शनिवार भएको पहिलो खेलमा रोयल च्यालेन्जर्स बेंग्लोरले राजस्थान रोयल्सलाई ७ विकेटले पराजित गरेको छ। दुबईमा भएको खेलमा राजस्थानले दिएको १ सय ७८ रनको लक्ष्य बेंग्लोरले २ बल खेल्न बाँकी छदा ३ विकेटको क्षतिमा पूरा गर्‍यो । बेंग्लोरको जितमा एबी डी भिलियर्सले उत्कृष्ट ब्याटिङ गर्ने क्रममा २२ बलमा नटआउट ५५ रन जोडे। उनले १ चौका र ६ छक्का प्रहार गरेका थिए।

टस जितेर पहिले ब्याटिङ गरेको राजस्थानले ६ विकेटको क्षतिमा १ सय ७७ रन जोडेको थियो । राजस्थानका लागि कप्तान स्टिभ स्मिथले सबैभन्दा बढी ५७ रन जोडे। तेस्रो स्थानमा रहेको बेंग्लोरले जितसँगै ९ खेलबाट १२ अंक जोडेको छ । एक खेल कम खेलेका शीर्ष स्थानको मुम्बई र दोस्रो स्थानको दिल्लीको पनि समान १२-१२ अंक छ । राजस्थान ६ अंक जोडेर पुछारबाट दोस्रो स्थानमा छ । (एजेन्सी)

कमेन्ट गर्नुहोस्