देश । केहि समय यता आइफा अवार्ड नेपालमा निकै चर्चामा छ । चौतर्फी विवाद चर्किएपछि नेपाल सरकार इन्टरनेसनल इन्डियन फिल्म एकेडेमी (आइफा) अवार्ड गर्ने निर्णयबाट पछि हटेको छ । सरकारले अवार्डका लागि झण्डै एक अर्व रुपैयाँ खर्च गर्ने विषय सार्वजनिक भएपछि ‘आइफ’को विवादमा तानिएको थियो । जनस्तरबाटै अवार्डको विरोध भएको छ । यसै बीच आयोजक विजक्राफ्ट इन्टरनेशलनले पेश गरेको प्रपोजल सार्वजनिक भएपछी झनै आलोचना बढ्दो छ ।
सरकारको तर्फबाट अवार्ड आयोजक रहेको नेपाल टुरिजम बोर्डले पनि बुधबार नेपालमा अब आइफा नहुने जनाएको छ । नेपाल पर्यटन बोर्डका कार्यकारी निर्देशक दीपकराज जोशीले आइफा गर्नेबारे सबै प्रक्रिया स्थगन गरिएको जानकारी दिए । बोर्ड र काठमाडौं महानगरको प्रायोजनमा ४४ करोड आर्थिक सहयोगसहित गाडी, होटल, आवतजावत र अन्य सुविधा गरेर आइफामा करिब १ अर्ब खर्च हुने प्रारम्भिक मस्यौदा बहसमा रहेको थियो भने जनसमुदायले उत्तिकै विरोध गरिरहेका थिए । यस्तै मङ्गलबार बसेको संसदको अन्तराष्ट्रिय सम्बन्ध समितिको बैठकले सरकारको सहयोगमा आयोजना हुन लागेको आइफा रोक्न सरकारलाई निर्देशन दिएपछि पनि अवार्ड गर्ने निर्णयबाट पछि हटेको हो ।
प्रतिनिधिसभा अन्तर्गतको अन्तराष्ट्रिय सम्बन्ध समितिले अवार्ड रोक्न सरकारलाई निर्देशन दिँदै सरकारले अपरिपक्व निर्णय लिएको साथै आइफाको प्रस्तावले नेपालको स्वाधीनता, स्वतन्त्रता र अस्मितामाथि आँच आउने भन्दै सरकारलाई अवार्ड रोक्न निर्देशन दिएको थियो । सम्झौता असार २५ मा अर्थात १० जुलाई २०१९ हुने भनिएको र उक्त दिनको अमेरिकी डरको भाउमा २७ करोड ६४ लाख ५० हजार पहिलो किस्तामा तिर्नुपर्ने , दोस्रो किस्ता साउन १६ गते फेरि २७ करोड ६४ लाख ५० हजार पहिलो किस्तामा तिर्नुपर्ने , ४ हजार दर्शक अट्ने मन्च नेपालले नै बनाउनु पर्नेछ , जसको लागत ४४ करोड र आवश्यक सामान फ्रान्सबाट ल्याउनु पर्ने , ६०० जना कलाकार मध्ये ३०० लाई आउनेजाने भिआईपी टिकट उनीहरुले रोजेको विमानबाट चार्टर गर्नुपर्ने , बाँकी ३२० लाई भने नेपाल बायुसेवाको बिमानमा नर्मल टिकट भएपनि हुने लगायतका प्रस्ताव सहितको प्रपोजल बाहिरिएको हो ।
नेपाल यति गरेर पनि कार्यक्रमको कपि राइट र टिकटको पैसा पनि आइफा आयोजकले नै लाने प्रस्तावमा उल्लेख छ । यसका साथै आउने कलाकारको बसोबास देखि घुम्ने गाडीको ब्राण्ड सहित प्रपोजलमा उल्लेख छ । केहि गाडी नेपालमा नै छैनन् । विजक्राफ्ट इन्टरनेशलनले पेश गरेको प्रपोजल सार्वजनिक फिल्मकर्मीले विरोध गर्नुको कारण पनि प्रस्टीएको छ ।