देश । पछिल्लो समय भारतसँग सिमा जोडिएको जिल्लामा कोरोना भाइरस (कोभिड १९) संक्रमित संख्या बढ्दो छ । भारतबाट नेपाल फर्किएका नेपालीहरुलाई उचित रूपमा नेपाल भित्र्याई क्वारेन्टाइनमा राखेर चेक जाँच गर्न नसक्दा संक्रमण समुदायस्तरमा फैलिदो छ । प्रदेश नम्बर २ लाई हेर्ने हो भने पछिल्लो २४ घण्टामा यहाँ ५६ जना व्यक्तिमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
प्रदेश नम्बर २ का जिल्लाहरु रौतहटमा ३५ जना, बारामा ८ जना, सप्तरीमा ११ जना र सिराहा जिल्लामा २ जना व्यक्तिमा कोरोना भाइरसको संक्रमण देखिएको हो । रौतहटमा ३५ व्यक्तिमा संक्रमण देखिएको । जसमा देवाही गोनाही नगरपालिका वडा नम्वर ७ र ८ का क्रमसः २१ बर्षिय र ३५ बर्षिय पुरुष, गौर नगरपालिकामा रहेको जुद्धोदय माध्यमिक विद्यालयको क्वारेन्टाईनमा रहेको ८ जना पुरुष, कठहरिया नगरपालिकाका वडा नम्वर ३ का क्रमष ३६ र ३७ बर्षिय पुरुषहरु र इसनाथ नगरपालिकाको जोकाहा स्थित मस्तिजमा निर्माण गरिएको क्वारन्टाईनमा रहेका बर्ष १३ र ३५ बर्षिय पुरुष तथा सोही नगरपालिकाको श्री जनता माध्यमिक विद्यालयको क्वारेन्टाईनमा रहेका क्रमसः १७ बर्ष, १९ बर्ष र २० बर्षमा ३ जना तथा २१, २२, २४, २७, ३४, ३८, ३५, ४८ र ५० बर्षिय पुरुषहरुमा कोरोना संक्रमणको पुष्टि भएको हो । रौतहट जिल्लामा संक्रमण पुष्टि भएका व्यक्तिहरु छिमेकी मुलुक भारतका विभिन्न स्थलहरुबाट नेपाल आएको बुझिएको छ ।
यसैगरी पछिल्लो २४ घण्टामा बारामा मात्र ८ जनामा संक्रमण पुष्टी भएको छ । जसमा पचरौता नगरपालिका वडा नम्वर १ मा रहेको क्वारेन्टाईनमा गरिएको स्वाव संकलनको परिक्षण पश्चात १ महिला र ७ जना पुरुषहरुमा कोरोना संक्रमणको पुष्टि भएको छ । जसअनुसार रौतहट जिल्ला घर भई बारा जिल्लामा बस्दै आएकी ५२ बर्षिय महिलामा कोरोना संक्रमण पुष्टी भएको हो । त्यसैगरी पचरौता वडा नम्वर १ को क्वारेन्टाईनमा रहेका क्रमस २२, २९, ३०, ३५, ३८, ४० र ४१ बर्षिय पुरुषहरुमा कोरोना संक्रमको पुष्टि भएको हो । बारा जिल्लामा संक्रमण पुष्टि भएकी ५२ बर्षिय महिला बाहेकका ७ जना पुरुषहरु पनि छिमेकी मुुलुक भारतको विभिन्न स्थानबाट आएको बुझिएको छ ।
यसैगरी सिरहमा २ जनामा संक्रमण पुष्टी भएको छ । सिराहा जिल्लामा संक्रमण पुष्टी भएका क्रमस ३५ र ३९ बर्षिय पुरुषहरुको स्थायी ठेगाना सप्तरी जिल्लाको रुपनी गाउँपालिका र ओखलढुंगा जिल्लाको सिद्धिचरण नगरपालिका रहेको खुल्न आएको छ र दुवै जना पुरुषहरु पेशागत कार्यका लागि हाल सिराहामा बस्दै आएको बुझिएको छ । यस्तै , सप्तरीमा ११ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । सप्तरीको बलान बिहुल गाउँपालिकामा १७ बर्षिय महिला र २९ बर्षिय पुरुष, बोधेबर्साइन नगरपालिकामा क्रमस १८ बर्षको १ जना, १९ बर्षका २ जना, २० बर्षका २ जना तथा २१, २८ र ५१ बर्षका पुरुषहरुमा कोरोना संक्रमण पुष्टि भएको छ । त्यसैगरी सप्तरी जिल्लाकै सुरुङ्गा नगपालिकामा २९ बर्षिय पुरुषमा समेत कोरोना संक्रमणको पुष्टि भएको हो । यससँगै प्रदेश नम्बर २ मा कोरोना भाइरस संक्रमितको संख्या ३ सय २४ पुुगेको छ ।
यस प्रदेशबाट गत बैशाख १४ गते २ जना संक्रमितहरु उपचार पश्चात निको भएर डिस्चार्ज भएका थिए । पछिल्लो समय जेठ १० गते ९ जना र ११ गते १८ जना १२ गते ४३ जना र हिजो अर्थात जेठ १३ गते गण्डक अस्पताल बीरगंज पर्साबाट २१ जना उपचार पश्चात डिस्चार्ज भएका छन् । त्यसैगरी, पि.सि.आर.परिक्षण मार्फत संक्रमण प्रमाणित भएका सप्तरी जिल्ला स्थित गजेन्द्र नारायण सिंह सगरमाथा अस्पतालको आइसोलेसन कक्षमा १४ पुरुष र १ महिलागरी कुल १५ जना कोरोना संक्रमितहरुको उपचार भइरहेको छ । सिराहा जिल्ला महेन्द्र गेनाई अस्पतालको आइसेलसन कक्षमा कोरोना संक्रमित ६ जना पुरुषहरुको उपचार भइरहेको छ ।
त्यसैगरी धनुषा जिल्ला स्थित प्रादेशिक अस्पताल जनकपुरको आइसोलेसन कक्षमा २ महिला र २४ पुरुषगरी कुल २६ जना कोरोना संक्रमितहरुको उपचार भइरहेको छ । महोत्तरी जिल्लाको जलेश्वर अस्पतालको आइसोलसन कक्षमा ३ जना कोरोना संक्रमितहरुको उपचार भइरहेको छ । सर्लाही जिल्ला मंलगवामा रहेको अल्पामाई रामनारायण यादव नर्सिङ्ग कलेजको आइसोलेसन कक्षमा कोरोना संक्रमित १३ जना पुरुषहरुको उपचार भइरहेको छ । रौतहट जिल्लामा रहेको गौर नर्सिङ्ग इन्टिच्यूटको आइसोलेसन कक्षमा ३ महिला र २५ पुरुषगरी कुल २८ जना, रौतहट जिल्लाकै राजपुर फरहदवामा रहेको प्राथमिक स्वास्थ्य केन्द्रको आइसोलेसन कक्षमा २५ जना पुरुष र रौतहट जिल्लाको देवाही गोनाही नगरपालिका स्थित देवाही गोनाही पोलिटेक्निक ईन्स्टिच्यूट धरहरीमा १४ जना पुरुष कोरोना संक्रमितहरुको उपचार भइरहेको छ ।
बारा जिल्लाको कलैया अस्पतालको आइसोलेसन कक्षमा ३८ जना पुरुष र १ जना महिलागरी ३९ जना संक्रमितहरुको उपचार भइरहेको छ । पर्सा जिल्लामा २ महिला र ७ जना पुरुष गरी कुल ९ जना कोरोना संक्रमितहरुको बिरगंज महानगरपालिका स्थित गण्डक अस्पतालको आइसोलेसन कक्षमा उपचार भइरहेको छ । त्यसैगरी सप्तरी जिल्लाको गजेन्द्र नारायणशिंह सगरमाथा अस्पतालमा ३ जना, सिराहा अस्पताल सिराहामा ७ जना, बारा जिल्ला स्थित कलैया अस्पतालमा २ जना, बारा जिल्ला स्थित जितपुर उपमहानगरपालिकामा रहेको कोभिड १९ अस्थाई अस्पतालमा ५ जना, प्रादेसिक अस्पताल जनकपुरमा ५ जना र महोत्तरी जिल्लाको जलेश्वर अस्पतालमा ३ गरी कुल २५ जना कोरोना आसंकीत बिरामीहरुको आइसोलेसन कक्षमा राखेर उपचार भइरहेको छ ।









