देश । प्रभु बैंक लिमिटेडले अनलाइन खाता सेवा सञ्चालनमा ल्याएको छ । बैंकले ग्राहकहरुको सुविधालाई मध्यनजर गर्दै अत्याधुनिक प्रविधि सहित गुणस्तरीय बैंकिङ्ग सेवा उपलब्ध गराउने क्रममा अनलाइन खाता खोल्न सकिने सुविधा सञ्चालनमा ल्याएको हो । पछिल्लो समय उपत्यकामा बढ्दो कोरोना भाइरसको जोखिममा पनि प्रभु बैंकसंग जोडिएर गर्न सकिने काम अनलाइन मार्फत नै हुनेछ । सूचना प्रविधिको उपयोग गर्दै आफ्नो घर, कार्यालय तथा आफु रहेको जुनसुकै स्थानबाट अझै सरल र सहज रुपमा प्रभु बैंकमा अनलाईन खाता खोल्न सक्ने व्यवस्था मिलाईएको बैंकले जनाएको छ ।
बैंकले सञ्चालनमा ल्याएको अनलाइन खाता सम्बन्धी सेवाबाट प्रभु बैंकमा खाता खोल्न चाहने ग्राहकहरुले प्रभु बैंकको शाखा कार्यालयसम्म नपुगीकनै आफु रहेको स्थानबाट अनलाईन खाता खोल्ने आवेदन गर्न, अनलाईन खाता खोल्नका लागि आवश्यक पर्ने कागजात तथा विवरणहरु सजिलै अपलोड गर्न सकिने व्यवस्था रहेको छ ।







