विदेश । भारतका पूर्व विदेशमन्त्री सुष्मा स्वराजको निधन भएको छ । उनको दिल्लीस्थित एम्स अस्पतालमा उपचारका क्रममा ६७ वर्षको उमेरमा निधन भएको हाे । २५ वर्षको उमेरमा राजनीतिमा आएकी उनले तीनपटक विधानसभा चुनाव लडिन् र जितिन् । उनी सातपटक सांसद भएकी थिइन् । नेपाली राजनीतिमा समेत चासोका साथ् हेरिने ऊनलाई एक प्रखर वक्ता, प्रभावी राजनीतिकर्मी र कुशल प्रशासक मानिन्छ ।
भारतका प्रधानमन्त्री नरेन्द्र मोदीलगायतले उनलाई श्रदाञ्जली दिएका छन् । मोदीले एक असाधारण नेताको निधनले देश शाेकमा रहेको उल्लेख गरेका छन् । भारतीय जनता पार्टीका कार्यकारी अध्यक्ष जेपी नड्डाका अनुसार स्वराजको पार्थिव शरीर बुधबार १२ बजेदेखि ३ बजेसम्म अन्तिम श्रदाञ्जलीका लागि पाटी कार्यालयमा राखिनेछ । त्यसपछि लोधी रोडको क्रेमेटोरियममा राष्ट्रिय सम्मानका साथ उनको अन्तिम संस्कार गरिनेछ । (एज्नेसी)








