देश । चौतर्फी विवादपछि संचार तथा सूचना प्रविधि मन्त्री गोकुल बाँस्कोटाले राजीनामा दिएका छन् । उनले राजीनामा दिएको जानकारी सभामुख अग्नि सापकोटाले सदनसमक्ष गराएका छन् । सेक्युरिटी प्रिन्टिङ मेसिन खरिदका सन्दर्भमा कमिशन रकमका बारेमा गरेको ‘डिल’को अडियो रेकर्ड सार्वजनिक भएपछि मन्त्री बाँस्कोटा विवादमा तानिएका थिए ।
अडियो सार्वजनिक भएसंगै सामाजिक सञ्जालमा पनि मन्त्री बाँस्कोटाको विरोध बढ्दो थियो । विक्रम संवत २०७५ जेठ १८ गते भएको मन्त्रिपरिषद् विस्तारसँगै उनी मन्त्री बाँस्कोटाले २०७६ चैत २ गते सञ्चार तथा सूचना प्रविधि मन्त्रीका रुपमा नियुक्त भएका थिए ।सामाजवादी पार्टीले सरकार छाडेपछि प्रधानमन्त्री केपी शर्मा ओलीले बाँस्कोटालाई गत पुस २५ सहरी विकास मन्त्रालयको जिम्मेवारी समेत दिएका थिए ।
मन्त्री बाँस्कोटाको विवादास्पद अडियो सार्वजनिक भएपछी
रमन्त्री बाँस्कोटा सेक्यूरिटी प्रेस खरिदका क्रममा प्राप्त हुने कमिसनसम्बन्धी विवादमा मुछिएका हुन् । लेखा समितिमा छानबिनका क्रममा रहेको विषयसँग सम्बन्धित अडियो बुधबार सार्वजनिक भएको हो । ‘हाम्राकुरा डटकम’ लगायत अन्य डिजिटल प्ल्याटफर्ममा घुसको अडियो र त्यसक्रममा गरिएको संवादको विवरण सार्वजनिक भएको हो ।
सेक्यूरिटी प्रेससँग सम्बन्धित एक प्रतिनिधि विजयप्रकाश शर्मा मिश्रसँगको कुराकानीका क्रममा मन्त्री बाँस्कोटाले आफ्नो कार्यकक्षमै बोलाएर कमिसनको अंकबारे सांकेतिक कुराकानी गरेका हुन् । अडियो कुराकानी अनुसार, मन्त्री बाँस्कोटाले ७० करोड रुपैयाँको कमिसनमा डिल गरेका छन् । उनले कमिसन बढी हुने उपायका बारेमा सल्लाह गरेका छन् । ७० देखि ७५ करोड रुपैयाँ कमिसन आउँदा त्यसको ७० प्रतिशत रकम मन्त्रीलाई हुने कुराकानीमा स्पष्ट सुनिन्छ । हाम्राकुरा डटकममा राखिएको अडियो अनुसार मन्त्रीको जिज्ञासा मेट्ने क्रममा त्यो अंक करिब ५५ करोड रुपैयाँ हुने बताइएको छ ।
मन्त्री बाँस्कोटा र स्वीस कम्पनीकास्थानीय एजेन्ट मिश्र शर्माबीच भएकको संवाद यस्तो छ :
मिश्र शर्मा : यो १२ गते १२ बजेपछि स्वीस एम्बेसी आउँछ। स्वीस एम्बेसीले बोलाएर आउँछ तपाईंले बोलाएर आउने हैन
मन्त्री बाँस्कोटा : ह…
मिश्र शर्मा : सकेसम्म एमओयू गर्ने किभन्ने हिसाबले आउन थालेको छ। तपाईंहरुको -कार्यक्रमको बारेमा एम्बेसडरले छुट्टै कुरा गर्न चाहेको छ।
मन्त्री बाँस्कोटा : ठीक छ।
मिश्र शर्मा : त्यसका लागि तपाईंले टाइम मिलाइदिनुपर्यो।
मन्त्री बाँस्कोटा : मिलाइदिन्छु।
मिश्र शर्मा : त्यसका लागि(कमिसनका लागि) हामी आउट अफ ट्रयाक जाने कि ? तपाईंले भनेअनुसार नै गर्ने लु भन्नुस।
मन्त्री बाँस्कोटा : अब। क्यापासिटीको कुरा।
मिश्र शर्मा : कुराचाहिँमैले राखेको छु उनीहरुलाई।
मन्त्री बाँस्कोटा : उनीहरुलाई नर्मलमा ५० भन्ने?
मिश्र शर्मा : त्यसमा नर्मलमा
मन्त्री बाँस्कोटा : उनीहरुले कति निकाल्छन्?
मिश्र शर्मा : यस्को टोटलको पर्सेन्ट निकाल्ने हो।
मन्त्री बाँस्कोटा : टोटल कति निस्कन्छ त्यो हेरौं।
मिश्र शर्मा : केही न केही त भइराछ त्यहीबेसमा जाने हो। बेसचाहिँतपाईंहरुको उसमै जाने हो हामी।
मन्त्री बाँस्कोटा : सकेसम्म २५ देखि २७ अर्बमा सकाउन पाए हुन्थ्यो। मानौं२५ निस्क्यो भने कति हुन्छ?
मिश्र शर्मा : ७० जति आउला कि! आउट अफ ट्रयाक नजाँदा ७० जति आउला कि।
मन्त्री बाँस्कोटा : तपाईंलाई के गर्छन्? छुट्टै गर्छन्?
विजय शर्मा : टोटल ७४ जति आउँछ भन्ने हाम्रो अनुमान छ। यसमा ७० प्रतिशत तपाईंहरुलाई दिने हो, हामीले ३० प्रतिशत राख्ने हो। यो एकदमै ट्रान्सप्यारेन्ट हुन्छ।
मन्त्री बाँस्कोटा : त्यो भनेको कति हुन्छ?
मिश्र शर्मा : ५४ देखि ५५ करोड तपाईंहरुलाई दिने १५ देखि १६ हामीले राख्ने। -हामीले पनि त अलि अलि राख्नुपर्यो नि। आउट अफ ट्रयाक गइयो भने…
मन्त्री बाँस्कोटा : अनि यो कर्मचारीसँग कस्ले कुरा गर्छ नि?
मिश्र शर्मा : त्यो कुरा तपाई गर्नुस।
मन्त्री बाँस्कोटा : एउटा के नगर्नुस्भने यी मु…कर्मचारीलाई यस्तो कुरा गर्न लाग्यो भने -यिनले हेप्छन्। त्यसकारण यो कुरामा तपाईंआफै लाग्नुस। कुरा बुझ्नुभो..
मिश्र शर्मा : त्यसो भए म आफै लाग्छु। उसले त बनाएर राखिसकेको छ।
मन्त्री बाँस्कोटा : त्यो मु..ले बनाएको त ३५ अर्बको छ। अब यता २७ अर्ब निस्क्यो भने २८ अर्बको बनाउनुस्।









