सिड्नीमा नेपाली स्वाद : रोयल दरवार

विदेश । उच्च शिक्षा हासिल गर्न विदेशिएका विद्यार्थीहरु पछिल्लो समय विभिन्न पेशा तथा व्यवसायमा पनि अग्रसर हुन् थालेका छन् । विद्यार्थी जीवनपछी अपनाउने पेशाले गर्दा नेपालीहरुको आत्मनिर्भर हुने क्रम प्रवासमा पनि बढ्दो छ । यस्तै एउटा उदाहरण बनेका छन् , दुई नेपालीहरु । पछिल्लो समय नेपालीको गन्तव्य बन्दै गइरहेको अष्ट्रेलिया स्थित सिड्नीमा नेपाली युवाहरू [प्रकाश सुवेदी र सागरजंग बहादुर राणाले रेष्टुरेन्ट संचालनमा ल्याउदै छन् ।

सिड्नी स्थित कोग्रामा आधुनिक नेपाली बिशेषता बोकेको रोयल दरबार रेस्ट्रो नामक रेस्टुरेन्ट संचालनमा ल्याउन लागेका हुन् । विदेशमा काम गर्ने मानसिकतालाई कम गर्दै आफ्नै व्यवसायलाई अगाडी बढाउन प्रेरणा दिने हिसाबले पनि प्रकाश र सागरले रेस्टुरेन्ट संचालनमा ल्याउन लागेका हुन् । पोखराका प्रकाश र काठमाडौंका सागरको संयुक्त लगानीमा रेस्टुरेन्ट सिड्नीको लकडाउन खुलेपछि संचालन हुने जनाइएको छ ।

केहि वर्षयता अष्ट्रेलियामा बढ्दो नेपालीको चापलाई मध्यनजर गर्दै नेपाली परिकार र संस्कृतिलाई पनि उत्तिकै ध्यान दिने संचालकले बताएका छन् । प्रवासमा पनि नेपाली स्वादलाई अगाडी बढाइने सुवेदीले जनाए । ‘हाम्रो उदेश्य आत्मनिर्भरतासँगै नेपाली स्वादलाई अगाडी बढाउनु पनि हो’ सुवेदीले भने । सिड्नी स्थित कोग्राहमा रहेको रेस्टुरेन्टमा झन्डै डेढ करोड नेपाली रकम लगानी भएको र ६० जनालाई एकै समयमा सेवा प्रदान गर्न सकिने अर्का संचालक राणाले बताए । साथै , २० जनासम्मलाई रोजगारी समेत प्रदान गर्ने उनले थपे ।

कमेन्ट गर्नुहोस्