निषेधाज्ञामा थप कडाइ

फाइल तस्विर

देश । बढिरहेको कोरोना भाइरसको दोस्रो लहरको चेनब्रेक गर्नका लागि काठमाडौं उपत्यकामा लागिएको निषेधाज्ञा लम्ब्याईएको छ । उपत्यका अन्तर्गत पर्ने काठमाण्डौ , ललितपुर , भक्तपुर जिल्लामा मंगलबार तीनवटै जिल्ला प्रशासनबीचको बैठकले थप दुई साता निषेधाज्ञा लम्ब्याउने निर्णय गर्दै जेठ १३ गतेसम्म निषेधाज्ञा थप गरिएको छ ।

वैशाख १६ गतेदेखि जारी निषेधाज्ञालाई थप कडा बनाउँदै दुई साता थप गरिएको छ । राष्ट्रिय गौरव र राष्ट्रिय प्राथमिकताका परेमा आयोजनाबाहेकका सबै निर्माण कार्यमा पनि रोक लगाइएको छ । त्यस्तै होटेल रेस्टुरेन्ट र पार्टी प्यालेसमा हुने विवाह, व्रतबन्धलगायतका भोजभतेरमा पनि रोक लगाइएको छ । दैनिक उपभोग्य बस्तुको किनमेलको समय बिहान ९ बजेसम्म तोकिएकोमा त्यसलाई बढाएर १० बजे पुर्‍याइएको छ ।

कमेन्ट गर्नुहोस्