सधैका लागि शुल्क हट्ने

देश । कोरोना भाइरसको संक्रमण सुरु भएपछी नेपाल राष्ट्र बैंकले अवस्थामा सुधार नभएसम्म जुनसुकै बैंकको एटीएमबाट पैसा निकाले पनि थप शुल्क नलाग्ने व्यवस्था लागू गर्न बैंकहरुलाई निर्देशन दिएको थियो । अब सँधैका लागि शुल्क नलिन राष्ट्र बैंकको भुक्तानी प्रणाली विभागले निर्देशन दिएको हो । बैंकर्स संघले नै शुल्क नलिने भन्दै लकडाउनको समयमा सहकार्य गरेका थिए ।

लकडाउन खुलेपछि पुनः शुल्क लिन थालिएको थियो । यद्दपी अब यस्तो गर्न नपाइने भएको छ । ग्राहकको भिड कम गर्न र डिजिटल कारोबारलाई प्रोत्साहन गर्न यस्तो निर्देशन गरिएको राष्ट्र बैंकले बताएको छ । अब जुनसुकै बैंकको एटिएम प्रयोग गरेपनि थप शुल्क तिर्नु पर्नेछैन ।

कमेन्ट गर्नुहोस्