देश । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीले जन्मदिनको शुभकामना दिएका छन् । मोदीलाई ७० औं जन्मदिनको शुभकामना दिदै प्रधानमन्त्री ओलीले दुई देशबीचको सम्बन्ध मजबुत बनाउन मिलेर काम गर्ने विश्वास व्यक्त गरेका छन् ।
मोदीलाई जन्मदिनको अवसरमा प्रधानमन्त्री ओलीले ट्वीटरमार्फत् शुभकामना दिएका हुन् । ‘तपाईंको जन्मदिनको शुभअवसरमा हार्दिक बधाई । म तपाईंको सुख र सुस्वास्थ्यको कामना गर्दछु । हामी हाम्रा दुई देशबीचको सम्बन्ध थप मजबुत बनाउनका लागि मिलेर काम जारी राख्नेछौं ’ प्रधानमन्त्री ओलीले ट्वीटरमा लेखका छन् ।
Warm greetings to Prime Minister Shri @narendramodi ji on the auspicious occasion of your birthday. I wish you good health and happiness. We will continue working closely together to further strengthen relations between our two countries.
— K P Sharma Oli (@kpsharmaoli) September 17, 2020









