विदेश । सन् १९९५ देखि २००० सम्म ५ वर्ष रियल मड्रिडको अध्यक्षको भूमिका निर्वाह गरेका रियल मड्रिडका पूर्वअध्यक्ष लोरेन्जो सान्जको कोरोना भाइरसको संक्रमणका कारण निधन भएको छ ।
कोरोना संक्रमित बाबुको उपचारका क्रममा शनिबार निधन भएको लोरेन्जोको छोरा फर्नान्डोले ट्विटरमार्फत जानकारी दिएका छन् । बुधबार अस्पताल भर्ना भएका ७६ वर्षीय लरेन्जोको उपचारका क्रममा शनिबार निधन भएको हो । रियल मड्रिडले एक विज्ञप्ति जारी गर्दै आफ्ना पूर्वअध्यक्षको निधनप्रति दुःख व्यक्त गरेको छ ।लोरेन्जोको कार्यकालमा रियल मड्रिडले दुईपटक च्याम्पियन्स लिग फुटबलको उपाधि जितेको थियो ।
कमेन्ट गर्नुहोस्